१३ मंसिर,पर्सा । बिलबिजकभन्दा बढीको सामग्री लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको ना६ख ४९४० नम्बरको ट्रकलाई प्रहरीले गण्डकबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बिलबिजक शङ्कास्पद देखिएपछि ट्रकलाई रोकेर चेकजाँच गर्दा नियन्त्रणमा लिइएको हो ।
ट्रकमा ६० लाख ७९ हजार बराबरको सामान रहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरीले ट्रकबाट बरामद सामानलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस् !