Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मन्त्री र कर्मचारीका स्वार्थमा रोकियो ५८ सहसचिवको सरुवा

admin
admin
November 22, 2023
मन्त्री र कर्मचारीका स्वार्थमा रोकियो ५८ सहसचिवको सरुवा
400
SHARES
ShareTweetSubscribe

६ मंसिर, काठमाडौं । मन्त्री, मुख्यसचिव र सचिवहरुले आफू अनुकुलका सहसचिवहरु खोज्दा सरकारले गर्न लागेको सरुवा नै अनिश्चित बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ भन्दा बढी सहसचिवको सरुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएको एक महिना हुन लाग्दासमेत टुंगिन सकेको छैन ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समेत सहसचिवहरुको सूचीलाई अन्तिम रुप दिन उदासिनता देखाएका सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार अर्यालले नै प्रस्तावित सूचीमा विभिन्न कारण देखाएर सरुवा रोकिदिएका हुन् ।

गत १९ भदौमा सरकारले एकैपटक ५८ सहसचिवहरुको सरुवा गरेको थियो । त्यतिबेला केहीबाहेक अधिकांश सहसचिवको सरुवाको निर्णय मुख्यसचिव र सचिवहरुबीचको सहमतिमै भएको थियो ।
यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी आफैंले एउटै कार्यालयमा लामो कार्यकाल बिताएका कर्मचारीहरुको सरुवा गर्ने रणनीति बनाएर सूची तयार गराएकी थिइन् ।

त्यसै अनुसार एकै पटक फेरि ५८ जना सहसचिवहरुको नाम टुंग्याएर अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी भएपनि मन्त्रिपरिषदबाट निर्णय नभएपछि सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु रुष्ट छन् ।

अधिकारीहरुका अनुसार एकै निकायमा २ वर्षभन्दा बढी समय बिताएका, प्रदेशमा लामोे समय काम गरिसकेका र प्रदेशमा खटाउनुपर्ने तय भएकाहरुको सरुवा प्रस्ताव गरिएको थियो ।

तर, मन्त्रिपरिषदले सहसचिव सरुवाको निर्णय गर्नुअघि नै विभिन्न मन्त्रीहरुले अनुकुलका सहसचिवहरु मागेपछि समस्या परेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । विभिन्न मन्त्रालय र निकायहरुमा पठाउन प्रस्ताव गरिएका सहसचिवमा मन्त्री तथा संवैधानिक निकायका पदाधिकारीहरुबीच कुरा नमिलेपछि सरुवा रोकिएको स्रोतको भनाइ छ ।

सहसचिव सरुवाको प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि सरुवाको अन्तिम सूची प्रमाणीकरण गर्नुअघि मुख्यसचिवले मन्त्रीहरुसँग राय सुझाव लिने गर्छन् । त्यसक्रममा नै मन्त्रीहरुले आफ्ना मन्त्रालयमा कार्यरत कतिपय सहसचिवको सरुवा रोक्न, कतिपयलाई आफ्नो मन्त्रालयमा नपठाउन र आफूले नरुचाएकालाई सरुवा गरिदिन दबाब दिएको मुख्यसचिव निकटका कर्मचारीहरु बताउँछन् ।

कतिपय सहसचिवहरुको सरुवा हुने तय भइसके पनि केहीको विषयमा प्रदेशका मुख्यमन्त्री, संघीय मन्त्री तथा प्रदेशमन्त्रीहरुको फरक मतले समस्या परेको हो’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘सामान्य प्रशासनमन्त्री अनिता देवीले यसपटक सहसचिवको सरुवालाई बढी चासोका साथ हेर्नु भएकाले पनि केही सहसचिवको विषयमा निर्णय लिन सकस भएको हो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायण भट्टले मन्त्रिपरिषदको प्रस्ताव र निर्णयबारे आफूलाई जानकारी नहुने बताउँछन् । ‘सहसचिव सरुवाबारे के भएको छ भन्नेबारे मलाई थाहा छैन’, उनले भने ।

तर यो दाबीलाई सामान्य प्रशासन मन्त्रालयले भने पत्याएको छैन । प्रशासनिक तहबाटै निर्णय रोकेर राजनीतिक तहलाई आक्षेप लगाएर पन्छिन खोजिएको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।

मन्त्रीज्यूले यसपटक प्रदेशबाट संघमा आउन मौका नै नपाएर हेपिएका र संघका आकर्षक अड्डामा लामो सयम काम गरेकाहरुलाई प्रदेशमा पठाउनैपर्ने अडान राख्नुभएको छ’, सामान्य प्रशासन मन्त्री निकट स्रोतले भन्यो, ‘तर, यसमा मुख्यसचिवज्यूकै बढी असहमति देखिएको छ, सचिवहरुको पनि चासो छ भन्ने सुनेका छौं ।’

मुख्यसचिव अर्यालले मन्त्रीहरुको दबाबका कारण निर्णय गर्न नसकेको हो भने पनि त्यसलाई स्पष्ट रुपमा बताउनुपर्ने र मापदण्डअनुसार सरुवा हुनैपर्ने सहसचिवहरुबारे राजनीतिक रुपमै मन्त्रीहरुसँग छलफल गर्न सकिने मत मन्त्रालयको छ ।
को सहसचिव कुन मन्त्रालय र निकायमा सरुवा हुँदैछन् भन्ने खुलेको छैन । तर, सरकारभित्रै सहसचिवको सरुवाको यतिविघ्न मतभेदको घटना भने पहिलोपटक भएको अधिकारीहरु बताउँछन् ।

पूर्वमुख्यसचिव बिमल कोइराला विगतमा सचिव सरुवामा मन्त्रीहरुको बढी रुचि हुने गरेपनि सहसचिव सरुवामा राजनीतिक हस्तक्षेप कमै हुने गरेको स्मरण गर्छन् । तर, पछिल्लो दशकमा सहसचिवको सरुवामा समेत विकृति बढेको उनको बुझाइ छ । ‘मन परेका सहसचिवहरु मन्त्रीहरुले तानातान गर्ने, यही नै चाहिन्छ वा यो मान्छे हुँदैन भन्ने कुरा राम्रो हैन’, उनले भने ।

कोइराला योग्यता, कार्यक्षमता, व्यवसायिकता, अनुभव र सम्बन्धित कार्यालयको बिताएको कार्यअवधिका आधारमा सरुवाको सूची बनाएको भए सामान्य प्रशासनमन्त्रीले आफ्नो अडान छाड्न नहुने बताउँछन् । तर, पहुँचमा हुनेसहित आफ्नाहरुको सरुवामा रुचि दिएको भए त्यो बिडम्बनापूर्ण हुने उनको भनाइ छ ।

मुख्यसचिवलाई यस्तो निर्णय लिने बेलामा दबाब पर्छ’, उनी भन्छन्, ‘तर, स्थापित विधि, पद्धति र असल नियतका आधारमा निर्णय लिन दबाब महसुस गर्नैपर्दैन ।’अनलाईन खबर

Previous Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वकाे समापन

Next Post

मध्यराती भूकम्पले काठमाण्डाै हल्लायाे

admin

admin

Next Post

मध्यराती भूकम्पले काठमाण्डाै हल्लायाे

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.