२५ कार्तिक,बारा । बारा प्रहरीले बिलबजक भन्दा बढिकाे सामान रहेकाे आशंकामा चार वटा भारतिय नम्बर प्लेटकाे ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जको संयुक्त टोलीले जिल्लाको जितपुरसिमराबाट बिल विजक भन्दा बढी सामग्रीसहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जितपुरसिमरा उपमहानगरपालिका – २१ स्थित अमलेखगञ्जबाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी२८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको ट्रकबाट बिल विजकभन्दा बढी हार्डवेयर सामग्रीहरू बरामद गरेको बताए ।
डिएसपी न्यौपानेका अनुसार ट्रकबाट बरामद सामग्रीको अनुमानित मूल्य १ करोड ६४ लाख ४८ हजार ५ सय ८ रुपैयाँ रहेको छ ।
प्रहरीले चार वटै ट्रक र बरामद सामग्रीलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् !