२२ कार्तिक, बारा । बाराको महागढीमाई नगरपालिकाले आफ्नै श्रोत साधन बाट चिडियाखाना बनाउने तयारी गरेको छ । नगर प्रमुख यादवले नगरपालिकाको खर्चबाट चिडियाखाना बनाउने तयारी भैरहेको बताएका छ्न ।
नगर प्रमुख यादवले विश्व प्रसिद्ध गढीमाई मंन्दिर क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माण गर्ने उद्देश्यले नगरपालिका कै खर्चमा व्यवस्थापन हुने गरि मन्दीर नजिकै चिडियाखानाको स्थापना गर्न भन्दै मन्त्रालयलाई पत्र पठाएका थिए ।
नगरपालिकाको पत्र पछी वन तथा वातावरण मन्त्रलायले पर्सा निकुञ्जलाई एकिन राय उपलब्ध गराउन र नगरपालिकामा ब्यवस्थापन गर्न परिपत्र गरेको छ ।
<span;>उक्त चिडियाखानामा जरायो-२५,मयुर-२५,कछुवा-५०,हात्ती-४,मैना-५०, सुगा-५० र खरायो-५० जस्ता हानी नगर्ने खालको वन्यजन्तुहरु रहने नगर प्रमुख यादवले बताएका छन ।
प्रतिक्रिया दिनुहोस् !