१९ कार्तििक,काठमाडौँ । <span;>सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री शक्तबहादुर बस्नेतले जानकारी दिए । तर, कस्तो र कुन सहयोग लिने भन्ने कुरा छलफल र निर्णय गरेर मात्रै लिइने छ ।
प्रतिक्रिया दिनुहोस् !