१८ कार्तिक,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिए ।
उनले भूकम्प प्रभावित क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।
अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरू चनाखो हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस् !