१६ कार्तिक बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका – ६ स्थित खेतबाट एक महिलाको शव बरामद भएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
महिलाको पहिचान भने खुल्न सकेको छैन ।
यस विषयमा अधिक जानकारी लिन बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
सोमबार मात्रै बाराको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) माथि अपराधी समुहले आक्रमण गरेको थियो । गोली प्रहारको घटना सेलाउँदै नपाउदै बारामा अर्को शव बरामद भएको छ ।
पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस् !