१३ कार्तिक,बारा । बाराको कलैयाका रुपेश सर्राफको दिनदहाडै गोली हानेर हत्या गरिएको विरोधमा आफन्त र सर्वसाधारणले प्रदर्शन गरेको छन् ।
हत्याको विरोधमा कलैयाकाे भरत चाैक स्थित मुख्य सडकमा टायर बालेर मृतक सर्राफका आफन्त र सर्वसाधारणले प्रदर्शन गरेका हुन् । उनीहरुले बाराका प्रहरी प्रमुख एसपीको राजीनामा र हत्यारालाई अबिलम्ब सार्वजनिक गर्न नारा लगाएका छन् ।
आज दिउसो करिब १ बजे दुई मोटरसाइकलमा आएका चार अपरिचित व्यक्तिले मदर्सा टोलमा सर्राफमाथि चार गोली प्रहार गरेका थिए ।
गोली लागेर गम्भीर घाइते सर्राफको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । अन्दाजी ३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा रहेको र कलैयामा बाल एकता बोर्डिङका सञ्चालक गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि किन र कसले गोली चलाएको विषयमा केहि खुल्न सकेको छैन् । गोली चलाएका व्यक्तिहरु भारततर्फ भागेको बताइएको छ । प्रहरीले अपराधी पक्राउ गर्न नसकेकोमा स्थानीय त्रसित र आक्रोशित छन् । यसैबीच प्रहरिले हत्याकाे मुख्य याेजनाकारलाई पक्रेकाे दाबी गरेपनि उनकाे उनकाे पहिचान खुलाएकाे छैन ।
प्रतिक्रिया दिनुहोस् !