१३ कार्तिक,बारा । अज्ञात समुहकाे गाेली प्रहारबाट गम्भीर घाईते भएका रूपेश सर्राफकाे उपचारकाे क्रममा निधन भएकाे बयाेधा अस्पतालले जनाएकाे छ ।
बारा सदरमुकाम कलैयामा रहेकाे बाल एकता बाेर्डिंड स्कुलका प्रधानाध्यापक समेत रहेका सर्राफ माथि अज्ञात समुहले आज दिउसाे गाेली प्रहार गरि गम्भीर घाईते बनाएकाे थियाे ।
दुईवटा माेटरसाईकलमा आएका ४ जनाकाे समुहले गाेली चलाउदा उनी ढलेका थिए, उनकाे घाँटी र छातिमा २ गाेली लागेकाे बताईन्छ ।
गाेली लागे लगतै उपचारकाे लागि कलैया स्थित प्रादेशिक अस्पताल लगिएकाे थियाे । त्यहा उपचार हुन नसकेपछि तत्कालै उनलाई बिरगञ्ज स्थित बयाेधा अस्पताल लगिएकाे थियाे ।
थप उपचारकाे लागि काठमाण्डाै लैजाने तैयारि गर्दैगर्दा डाक्टरले सर्राफलाई मृत घाेषणा गरेकाे थियाे । अहिले कलैयामा व्यापक प्रहरी परिचालन गरि अपराधिकाे खाेजी तिब्र पारिएकाे प्रहरिले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !