१३ कार्तिक,बारा । बारा सदरमुकाम कलैयामा दिन दहाडै गाेली प्रहार भएकाे छ ।
अज्ञात समुहले चलाएकाे गाेली लागि बाल एकता बाेर्डिंड स्कुलका प्राधानाध्यापक रूपेश सर्राफ घाईते भएकाे प्रहरिले जनाएकाे छ ।
उनकाे घाँटी र छातीमा गाेली लागेकाे छ । दुई वटा माेटरसाईकलमा आएका ४ जनाले सर्राफ माथि गाेली प्रहार गरेर भागेकाे बताईन्छ ।
गाेली प्रहार लगतै प्रादेशिक अस्पताल कलैया लगिए पनि त्यहा उपचार सम्भव नभएपछि उनलाई बिरगञ्ज स्थित बयाेधा अस्पताल ल्याईएकाे भएपनि उनलाई थप उपचारकाे लागि हेलिकप्टरबाट काठमाण्डाै लैजाने तैयारि भईरहेकाे प्रहरी श्राेतले जानकारि दिएकाे छ ।
सर्राफकाे अवस्थाद गम्भीर रहेकाे छ । गाेली प्रहार गरि भाग्ने अपराधीकाे खाेजी भईरहेकाे प्रहरिले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !