Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

६० किलो सुन समाएपछि भागेका चिनियाँ भेटिए भारतीय प्रहरीको हिरासतमा

admin
admin
September 14, 2023
६० किलो सुन समाएपछि भागेका चिनियाँ भेटिए भारतीय प्रहरीको हिरासतमा
500
SHARES
ShareTweetSubscribe

२८ भदाै,काठमाण्डाै । <span;><span;>६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो।

सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।

उनी सुन तस्करीका प्रमुख व्यक्ति मध्येका पर्छन्। उनलाई भारतको सशस्त्र सीमा बल (एसएसबी)ले साउन ३ गते पश्चिम बंगाल सिलिगुढीबाट पक्राउ गरेको थियो।

उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको इन्डिया टुडेले जनाएको छ।

योङसिनमाथि सोधपुछ गर्दा नेपाली नागरिकता देखाएका थिए। तर एसएसबीलाई शंका लागेर चेकजाँच गर्दा उनीबाट चिनियाँ पासपोर्ट र अन्य कागजात बरामद भएको थियो।

चिनियाँ जासुस हुनसक्ने आशंकामा उनीमाथि अनुसन्धान जारी छ।

एक भारतीय अनलाइन मिलिनियम पोष्टले योङसिनले काभ्रे जिल्ला प्रशासनबाट जारी भएको नागरिकता देखाएका थिए। उनीमाथि भारतीय सेनाले समेत अनुसन्धान गरिरहेको उक्त  समाचारमा उल्लेख गरेको छ।

उनीमाथि जारी रहेको अनुसन्धान टुंगो नलागेको सूचना सिआइबीले प्राप्त गरेको छ। चिनियाँ नागरिक भएकाले नेपालमा पठाउने हो वा होइन भन्ने यकिन नभएको पनि सिआइबी स्रोतले बतायो।

चिनियाँ नागरिक भएकाले हामीलाई दिने हो/होइन यकिन छैन। त्यस खालको सन्धि पनि छैन,’ स्रोतले भन्यो, ‘ल्याउन सजिलो पनि छैन।’

उनकाअनुसार योङसिनले पनि काठमाडौंको टोखामा गोदाम हेर्ने गर्थे। उनी पनि यस ६० किलो सुन प्रकरणमा मुख्य व्यक्तिमध्येका एक देखिएका छन्। यस सुन प्रकरणमा प्रमुख मानिएका दाओजिन वाङका सहयोगीको रूपमा देखिएको स्रोतले बतायो।

सिआइबीले यस सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकेर बुधबार काठमाडौं सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
अनुसन्धानको क्रममा ५० जनाको संलग्नता खुलेको सिआइबीले जनाएको छ। तर कतिपयको पूर्ण यकिन हुने ठेगाना समेत नखुलेको हुँदा २९ जनालाई मात्रै प्रतिवेदन कायम गरी अदालतमा मुद्दा पेश गर्न सिआइबीले राय दिएको थियो।

कतिपय चिनियाँ नागरिकबारे जानकारी लिन सिआइबीले इन्टरपोलमार्फत् पर्पल नोटिससमेत जारी गरेको छ। रेडी ट्रेड प्रालिले मात्रै ३६२ किलो सुन तस्करी गरेको सिआइबीको अनुमान छ।

त्यसकै आधारमा सिआइबीले ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेको छ।

Previous Post

राजकीय सम्मानका साथ पशुपतिमा नेम्वाङको अन्त्येष्टि

Next Post

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

admin

admin

Next Post
दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.