२२ भदाै,बारा । ६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बाराका सुन व्यवसायी शिवकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो।
सर्राफलाई लाई बिहीबार साँझ पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । सर्राफ सुनचांदी ब्यवसायीसंघ बाराका अध्यक्ष हुन । कडायतका अनुसार उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।
यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस् !