१५ भदाै,पर्सा । सरकारले खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
आजबाट लागू हुने गरी खानामा पकाउने एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २३५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्यवृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले वृद्धि भएको छ ।
यसअघि सरकारले गत साउन १६ र ३० गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् !