१३ भदाै,पर्सा । अनुमति विना संचालनमा रहेको ‘वीरगञ्ज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ । अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगञ्ज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो ।
अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो ।
सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल सहितकाे सहभागितामा सिलबन्दू गरिएको हो ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि स्कुलमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि प्रि स्कुलमा सिलबन्दी गरेको हो ।
प्रतिक्रिया दिनुहोस् !