८ भदाै, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा बिहीबार बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
बिहिबार राति वीरगन्जबाट चितवन तर्फ जाँदै गरेको ना. ०४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई वीरगन्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएकोले नियणत्रनमा लिएकाे प्रहरिले जनाएकाे छ ।
९५ लाख ४३ हजार १ सय ६ रूपैया बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा औषधीका सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस् !