१७ साउन, पर्सा । वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली नम्बर प्लेट भएको चार पाङ्ग्रे सवारी साधनको प्रवेशमा लगाइएको रोकलाई फुकुवा गरिएको छ ।
मङ्गलवार बिहानदेखि नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधनलाई रक्सौल प्रवेश गर्न विशेष पास लिनुपर्ने नियम लगाइए पनि त्यसलाई बुधवारदेखि हटाइएको हो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीका अनुसार भारतीय कस्टममा रहेका कर्मचारीहरूको त्रुटिका कारण मङ्गलवार एक दिनका लागि सवारीसाधन प्रवेशमा रोक लगाइए पनि हाल त्यसलाई सच्चाइएको छ ।
नेपाल नम्बर प्लेट भएको चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेश गर्न कुनै पनि किसिमको पास अथवा अनुमति लिनु नपर्ने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस् !