१७ साउन,बारा । बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधवार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ ।
बच्चा फेला परेको स्थान नजिक रोएर हिँडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको हो । जङ्गलको बिचमा पर्ने सडकमा महिला रोएर हिँडिरहेको खबर पाएपछि पुगेको इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी ल्याएको हो ।
प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमानले आफूसहित शिशुलाई ल्याएर जङ्गलमा छाेेेेडेेर भागेकााे बयान दिएकी छिन् । श्रीमानले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर भागेको उनले जानकारी दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस् !