१५ साउन,काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ।
<span;>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो।
सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने ।
एमालेका अर्का एक नेताले सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको बताए। सरकारले कसको सुन हो भनेर सार्वजनिक नगर्दासम्म सदन चल्ने अवस्था नरहेको उनले बताए।
प्रकरणमा नयाँ-नयाँ कुरा आइरहेका छन्। सबैको यथार्थ नागरिकले थाहा पाउनुपर्छ। सुन तस्करहरू नसमातेसम्म हामी सदन चल्ने दिने पक्षमा छैनौं,’ ती नेताले भने।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको थियो।
प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस् !