Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पहिलाे हरवाचरवा मुक्ति दिवश  सम्पन्न

admin
admin
July 18, 2023
पहिलाे हरवाचरवा मुक्ति दिवश  सम्पन्न
250
SHARES
ShareTweetSubscribe

२ साउन,जनकपुरधाम । मुक्त हरवाचरवाहरुको न्यायिक पुनरस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको आयोजनामा मधेशप्रदेशको राजधानी जनकपुमा  प्रथम हरवाचरवा मुक्ति दिवश सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी एवं मधेसप्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री  गोबिन्द्र बहादुर न्यौपानेले मधेस प्रदेश सरकारले आर्थिक बर्ष २०८०÷२०८१ को निति तथा कार्यक्रमले मुक्त हरवाचरवाको सवाल बिशीष्ट ढंगले सम्बोधन गरेको कुरा औल्याउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारले आगामी बर्षको निति तथा  कार्यक्रमको बुदा नं १७९ मा स्थानिय सरकारको समन्वयमा मधेश प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्र बितरण गरिने कुरा उल्लेख भएको बताउदै  यसको प्रभावकारी कार्यान्वयनका लागि मधेसप्रदेश सरकारको तर्फबाट प्रतिबद्धता समेत ब्यक्त गनुृभयो ।

मधेस प्रदेशका सांसद द्वय माला कर्ण र रत्नेश्वर गोहितले मुक्त हरवाचरवाको पुनरस्थापनाका लागि मधेस प्रदेशसभामा आफनो तर्फबाट भूमिका निर्वाह गरिने कुरा प्रतिबद्धता  जाहेर भयो ।

त्यस्तै अर्का बक्ता मधेसप्रदेश निति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मुक्त हरवाचरवाहरुको बहुआयामिक समस्याहरुको सामाधान गर्ने प्रमुख दायित्व राज्यको भएकोले उनीहरुको सामाजिक न्यायका सवालहरु नीति माध्यम सम्बोधन गर्नुृपर्ने कुरामा जोड दिनुभयो । यसका लागि प्रदेश निति आयोगले आफनो तर्फबाट सकारात्मक भुमिकाको पहल कदमीको थालनी गर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशीलाल यादव, ईन्सेकका मधेसप्रदेश प्रमुख राजु पाशवान, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, ट्रेड यूनियनका मधेस प्रदेशका सचिव अनिल कुमार झा, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष शिब सदा, जिल्ला हरवाचरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल राम र दलित जनकल्याण यूवा क्लव सिराहाका अध्यक्ष उमेश बिशुंके लगायतले  मन्तब्य ब्यक्त गर्नु भएको थिय ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित जनचेतना दलित संगमका अध्यक्ष रामलखन रामले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सामुदयिक सुधार केन्द्र धनुषाका अध्यक्ष संजय शाहले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका महोत्तरी जिल्ला एक्टीभिष्ट ममता बिश्वकर्माले गर्नुभयो ।

उक्त कार्यक्रममा हरवाचरवा मुक्ति आन्दोलन नेता एवं राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डल ज्यूलाई कार्यक्रमका प्रमुख अतिथीबाट सम्मान समेत ब्यक्त गरिएको थियोे  । कार्यक्रममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्च तथा मधेसप्रदेशका  ८ वटै जिल्लाका हरवाचरवा अधिकार मञ्चका प्रतिनिधीहरु, मधेसप्रदेश सभा सदस्यहरु, सरकारी निकाय, मानव अधिकारकर्मी, ट्रेड यूनियन, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले प्रेश बिज्ञप्ती जारी गर्दै  मुक्त हरवाचरवाको  पुनरस्थापनाका लागि संविधानसभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्नका लागि जोडदार गर्नका लागि जोडदार माग गर्नु भएको छ ।

मुक्ति दिवशकै अवसरमा आज बेलुका मधेस प्रदेशका ८ वटै जिल्लाका ३२ वटा पालिकाहरुमा स्थानिय हरवाचरवा अधिकार मञ्चद्धारा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कुरा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले बताउनुभयो ।

Previous Post

बीरगञ्जबाट माेदी पक्राउ

Next Post

फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

admin

admin

Next Post
फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.