२० असारल,पर्सा । हेटौँडाको रातोमाटेबाट १ सय ९० केजी गाँजासहित १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध गाँजासहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले १४४ किलो लागु औषध गाँजासहित ६ जना र ४७ किलो गाँजासहित अरू ६ जनालाई पक्राउ गरेको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजा र त्यसमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोस्टमा ४७ किलो लागु औषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कारमा सवार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय विनोद मण्डल, वीरगञ्ज–१८ का २० वर्षीया दुसमेना खातुन, २१ वर्षीया पुजा कुमारी मण्डल, मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, डीएल १ जीसी ३०३५ नम्बरको भारतीय ट्रक चालक भारतको मोतिहारी जिल्ला बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्बरको स्कारपियोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !