Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

admin
admin
June 1, 2023
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
450
SHARES
ShareTweetSubscribe

१८ जेठ,काठमाण्डाै । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच बिहान ११: ०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीच आधा घन्टा बेग्लै छलफल गरेपछि प्रतिनिधिमण्डलस्तरीय  छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच  नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी  प्रबर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने बताइएको छ।

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ।

आजै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन्।

त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ। अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ।

त्यही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन्।

भ्रमणको चौथो दिन अपराह्न ४:२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्डको फिर्ती उडान हुने बताइएको छ।

चारदिने भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए।
डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए। रात्रिभोजका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई  सम्बोधन गरेका थिए।प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल रहेका छन्।

मुख्यसचिव शंकरदास वैरागीसहित ८ जना सचिवहरू पनि भ्रमण टोलीमा रहेको बताइएको छ।

भ्रमण टोलीमा केही उद्योगी, व्यवसायी र पत्रकारसमेत रहेका छन्।

प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

Post Views: 82
Previous Post

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

Next Post

कपिलवस्तुमा चक्कु प्रहारबाट २ जनाको हत्या

admin

admin

Next Post
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

कपिलवस्तुमा चक्कु प्रहारबाट २ जनाको हत्या

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.