१४ जेठ बारा । बाराको मटिअर्वा नाकाबाट तस्करी धन्दा शुरू भएको छ ।
सीमावर्ती क्षेत्रमा हुने ठूलो तस्करी धन्दाकाे कारण सरकारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न नसकिरहेको अबस्थामा सुरक्षाकर्मीहरूकाे संरक्षणमा अहिले यस नाकाबाट ठूलो र संगठित रूपमा तस्करी धन्दा माैलाएकाे छ ।
तस्करहरूले १० हजार देखि ३० हजार सम्म मासिक रूपमा शसस्त्र प्रहरी बल नेपाल (प्रस्ताबित ) सिमा सुरक्षा गुल्म मटिअर्वाका शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन बागटी र प्रहरी चाैकी मटिअर्वाका सई कृष्णदेव सिहलाई महिनावारी बुझाएर तस्करी धन्दा शुरू गरेको सार्वजनिक भएको छ। यसबाहेक दैनिक रूपमा झण्डै २० देखि ३० वटा साइकल र माेटरसाईकलवालाहरूले किराना लगायतका सामानहरू तस्करी गरिरहेकाे जाे काेहीले सहजै देख्न सक्छन् ।
साइकल र माेटरसाईकलमा तस्करी गर्नेहरूले स्थानीय दुबै प्रहरीका प्रमुखलाई मासिक माेटाे रकम दिएर सेटिड गरेकाे बताईन्छ । तस्कर समुहले भारतकाे रक्साैल र आदापुर बजारबाट लताकपडा,चिनी,ईलेकट्रिक समान,सुर्ति,पानमसला लगायतकाे समान बारा सदरमुकाम कलैया सम्म सहजै ल्याउने गरेकाे स्वयम् तस्कर समुहले बताएका छन ।
मटिअर्वा भन्सारकाे मुलगेटबाटै फ्रिज ल्याउदा शसस्त्र प्रहरिलाई १ हजार नेपाल प्रहरिलाई ५ सय दिएर ल्याउन पाईन्छ । भन्सारका कर्मचारि भन्ने रमिते बनेर बसेका छन । यस हिसाबले पनि साइकलबाट तस्करी गर्नेहरूले
यसका अलावा ठूलो तस्करीको लाइन पाउनेमा कपडाको काम गर्ने बिनाेद , धनेलाल , मनान , सूर्तिकाे काम गर्ने रामअयाेध्या , पानमसलाकाे काम गर्ने राजेश र हार्डवेयरकाे काम गर्ने छाेटेलाल मुख्य छन् ।
यिनीहरू मध्ये धेरैले स्थानीय र
यसनाकाबाट कवाडी र गिट्टी बालुवा भारततर्फ ठूलो मात्रामा तस्करी भैरहेको छ ।
जबकि गिट्टी बालुवा सरकारी तहबाट नै निकासीमा राेक लगाइएको छ। यसनाकाबाट तस्करी गर्ने तस्करहरूबाट रकम उठाउन सशस्त्र प्रहरी बल नेपाल (प्रस्ताबित ) सिमा सुरक्षा गुल्म मटिअर्वाले घुमुवाकाे रूपमा रकम संकल्न गर्न सुभाषलादवलाई परिचालन गरिएकाे बताईन्छ । भन्ने प्रहरी चाैकि मटिअर्वाले पप्पु यादवलाई परिचालन गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस् !