सराेज खडका
५ जेठ,पर्सा । आमा बुबा भाइ बहिनि भारतीय नागरिक भएका बिरगंज मा एक ब्यापारी छन । उनले उधोगनै खोलेर करोडौंको ब्यापार समेत गरिरहेका छन ।
भारत बिहार राज्य पुर्बि चम्पारण मोतिहारि जिल्ला रक्सौल थाना बिश्रामपुर घरभै बिरगंजमा काजु,किसमिस र छाेहडाको ब्यापार गर्दै आएका ताराचन्द प्रसादले बाराको तत्कालीन ईटियाहि गाउ बिकाश समितिबाट सिफारिस गराएर टोलि प्रमुख हरि प्रसाद शर्मा बाट आफ्नो जेठा छाेरा नितेश गुप्तालाइ २०६३ साल फागुन ११ गते मोटो रकम खर्च गरेर जन्मसिद्ध ३३३०७४/९५३ नम्बरको नेपाली नागरिताको प्रमाणपत्र लिएका थिए । सोहि नागरिताको आधारमा नितेश फुड प्रोडक्सन प्रा लि दर्ता गरेर काजु किसमिस छाेहडा र किराना सामानको थोक ब्यापार गर्दै आएका छ्न ।
रक्सौलबाट तस्करी गरि ल्याएको किराना सामानलाइ आफ्नो कम्पनीको उत्पादन देखाएर देशै भरि पठाएर अकुत सम्पति कमाएर रक्सौलमा पठाउने गरेका छन । प्रशासन र केहि पत्रकारहरूलाइ मिलाउने गरेको कारण गुप्ताको कालाकर्तुत प्रकाशमा आउदैन ।
नितेश गुप्ताका पिता ताराचन्द प्रसाद तेलि आमा कास्मति देबि भाइ बिबेक गुप्ता बहिनि काका काकि सबै अहिले पनि भारतिय नागरिक छन ।
रक्सौलमानै बस्दै आएका छन यता नितेश गुप्ता भने नागरिता किनेर कालो कारोबार गर्दै आइरहेका छन उनको नस्गरिताको छानबिन र कारोबारको समेत छानबिन हुन पर्ने हो तर कुनै पनि निकायले त्यसतर्फ गम्भीरता देखाएको छैन ।
प्रतिक्रिया दिनुहोस् !