<span;>पर्साको वीरगञ्ज भएर बग्ने सिर्सिया नदीलाई प्रदुषणमुक्तको माग गर्दै चुरे अभियन्ता र स्थानीयहरु पदयात्रामा निस्किएका छन् ।
<span;>सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त गराउन सांकेतिक विरोधस्वरूप अभियन्ताहरुले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा थालेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानको आयोजनामा हिजो साँझ सिर्सिया नदीबाट फोहोर पानी बोकेर उनीहरु काठमाडौंतर्फ निस्किएका छन् ।
<span;>३५ जना पदयात्रीको टोली आज अमलेखगञ्ज आइपुगेको सामाजिक अभियन्ता सरोज रायले बताए । काठमाडौं आउन अझै १० देखि १२ दिन लाग्ने उनको भनाइ छ ।
<span;>‘हामीले सिर्सियाको फोहोर पानी बोकेर आएका छौं । काठमाडौंमा संघीय सरकारलाई त्यो पानी हस्तान्तरण गर्छौं अनि माइतीघर मण्डलामा धर्ना बस्छौं’, उनले भने, ‘सरकारले हाम्रो माग पूरा नगरेसम्म हामी काठमाडौंमा धर्ना जारी राख्छौं ।
<span;>•
<span;>मधेसको फोहोर पानी सिंहदरबारमा बुझाउने तयारी
५ जेठ,पर्पसा । र्साको वीरगञ्ज भएर बग्ने सिर्सिया नदीलाई प्रदुषणमुक्तको माग गर्दै चुरे अभियन्ता र स्थानीयहरु पदयात्रामा निस्किएका छन् ।
सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त गराउन सांकेतिक विरोधस्वरूप अभियन्ताहरुले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा थालेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानको आयोजनामा हिजो साँझ सिर्सिया नदीबाट फोहोर पानी बोकेर उनीहरु काठमाडौंतर्फ निस्किएका छन् ।
३५ जना पदयात्रीको टोली आज अमलेखगञ्ज आइपुगेको सामाजिक अभियन्ता सरोज रायले बताए । काठमाडौं आउन अझै १० देखि १२ दिन लाग्ने उनको भनाइ छ ।
हामीले सिर्सियाको फोहोर पानी बोकेर आएका छौं । काठमाडौंमा संघीय सरकारलाई त्यो पानी हस्तान्तरण गर्छौं अनि माइतीघर मण्डलामा धर्ना बस्छौं’, उनले भने, ‘सरकारले हाम्रो माग पूरा नगरेसम्म हामी काठमाडौंमा धर्ना जारी राख्छौं ।’
नदी सरसफाइका निम्ति पटक–पटक स्थानीय सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको आरोप छ । जनप्रतिनिधि, उद्योगी, व्यवसायीको साँठगाँठका कारण उक्त अवस्था आएको बताइन्छ ।
सिर्सिया नदी प्रदुषणबाट सबैभन्दा धेरै वीरगञ्जवासीहरु मारमा परेको अभियन्ता रायको गुनासो छ । औद्योगिक प्रदुषणका कारण सिर्सिया नदी झन् विषालु बनेको छ । नदीमा भइरहेको प्रदुषण रोक्न माग गर्दै वीरगञ्जबासीले बारम्बार सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् !