४ जेठ,पर्सा । भारतबाट चोरीपैठारी भएका रांगा भैसि गाइ, गोरु नेपालमा भित्रियाए पछि नेपाली चौपाया हुन्छ ,सिमावर्ती स्थानीय निकायले नेपालकै हाे भनेर सिफारिस दिने र पशुक्वारेन्टाईनका कर्मचारीले स्वासथ्य जाचकाे पत्रदिएर बैधता दिदै आएकाे छ ।
भारतको बिभिन्न स्थानबाट रांगा,भैसि, गाइ,गोरु जम्मा गरेर तस्करहरुले चोर बाटो भएर नेपाल तर्फ चोरि पैठारी गर्छन त्यसरि चोरि पैठारी भएका भारतिय चौपायालाइ स्थानीय निकायका कर्मचारी जनप्रतिनिधिले स्थानिय चौपाया भनि प्रमाणपत्र दिन्छन भने केन्द्रीय सरकार को निकाय जिल्ला पशु क्वारेन्टाईन कार्यालय र पशु पन्छि क्वारेन्टाइन कार्यालयले पनि निरोगिताको प्रमाणपत्र दिन्छ ।
पर्सा जिल्लाको ग्रामिण भेगको चोर नाका भिस्वा , बन्जारि , जानकिटोल , पाडेपुर लगाएतको ठाउ भएर भारतिय चौपाया नेपाल तर्फ चोरि पैठारी हुने गरेको छ । त्यसरी चोरि पैठारी भएको चौपायको नेपाली भनी पहिलेनै प्रमाणपत्र बनिसकेको हुन्न्छ ।
सिमा नाकामा नेपाल प्रहरीले प्रति चौपाया रु ५० असुल गर्छ भने सशस्त्र प्रहरीले १०० रुपिया असुल गर्छ त्यसपछि वडा सचीवले प्रति चौपाया २०० सय लिएर चौपाया नेपाली हो भनी प्रमाणपत्र दिन्छ । जिल्ला पशु स्वास्थ्य कार्यालयले प्रति चौपाया ५०० रुपैया लिएर निरोगिताको प्रमाणपत्र दिन्छ ।
ठुलो सङ्ख्यामा भारतबाट चौपाया नेपाल तर्फ चोरी पैठारी हुने गरेको छ । त्यस्तो चोरि पैठारी भएका चौपाया ट्रकमा लाेड गरि काठमाडौ ,हेटौंडा ,पोखरा लागाएतको स्थानमा पुग्छ बाटोमा कुनैपनि किसिमको रोक टोक हुदैन किन भने चौपाया तस्करी गर्नेहरुले तलदेखि माथी सम्म सेटिेङ मिलायका हुन्छन ।
राजमार्गमा पर्ने प्रहरी चौकिहरुलाइ समेत महिनावारी रकम दिएपछि प्रहरी युनिटले पनि राेक्दैन र बिना राेकटाेक गन्तव्य सम्म ब्यापारिेले पुर्याउने गरेकाे बताईन्छ ।
प्रतिक्रिया दिनुहोस् !