सराेज खडका
३ जेठ,पर्सा । सिता हस्पीटलकि डाक्टर निलम चौरसियालाइ पक्राउ गर्न जिल्ला अदालत पर्साले प्रहरीलाइ आदेश दिएको छ ।
डाक्टर चौरसियाले गैरकानुनि रुपमा महिलाको गर्वमा रहेको १७ हप्ताको भुर्न हत्या गरेको आरोपमा अदालतले पक्राउ गर्न आदेश दिएको हो ।
घटना विवरण यस्तो छ । बाराको निजगढ नगर पालिका वडा न १ बस्ने सुरज श्रेष्ठ र वडा न २ बस्ने सुशीला श्रेष्ठ बिचको अबैध सम्बन्धको कारण रहन गएको १७ हप्ताको गर्व सिता हस्पिटलकि डाक्टर निलम चौरसियाले गैरकानुनी रुपमा तुहाएको आरोपमा जिल्ला अदालत पर्साले पक्राउ गरि अदालतम उपस्थित गराउन आदेश दिएको भएपनि प्रहरीले पक्राउ नगरि आलटाल गर्दै आएको छ ।
सुरज श्रेष्ठले सुशिलालाइ लिएर गर्व तुहाउन हेटौंडा र चितवनको हस्पिटलहरुमा गएका थिए त्यहाका चिकित्सकले १७ हप्ताको गर्व तुहाउन गैरकानुनी हुने भन्दै अस्विकार गरिदिए पछि बिरगंजको सिता हस्पिटलकि डाक्टर निलम चौरसियालाइ सम्पर्क गरेका थिए ।
डाक्टर चौरसिया सङ्ग ४० हजारमा गर्व तुहाउने सहमति भएपछि मिति २०७९ साल चैत २९ गते सुशीलालाइ हस्पिटलमा भर्ना गरि सोहि दिन गर्व हुहाइ शिशुको लास अशोक बाटिका स्थित स्मसान घाटमा फाल्न भनि सुरज श्रेष्ठ र हस्पिटलका कर्मचारी अमन चौरसियालाइ जिम्मा दिइएको थियो ।
शिशुको शव लैजादै गर्दा दुबै जनालाइ प्रहरीले पक्राउ गरि अनुशन्धान गर्दा भृण हत्याको घटना पर्दाफास भएको थियो ।
सो घटनामा समलग्न डाक्टर जिलम चौरसिया , सुरज श्रेष्ठ , सुशील श्रेष्ठ ,अमन चौरासिया , रिंकु झा र दुर्गा लामिछाने विरुद्ध जिल्ला अदालत पर्सामा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
पक्राउ परेका सुरज श्रेष्ठ , सुशीला श्रेष्ठ एक एक लाख र रिकु झा र अमन चौरदिया ५०/५० हजार धरौटी राखि रिहा भएका छन ।
प्रतिक्रिया दिनुहोस् !