३ जेठ,बारा । रबि लामिछाने गृहमन्त्री हुदा बिराम लागेकाे ट्राफिक प्रहरिकाे अकैध असुली धन्दा शुरू भएकाे छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय मदेश प्रदेश पथलैयामा एसपि सन्तोष कुमार भट्टराईकाे आगमनसंगै मधेशकाे ८ वटै जिल्लामा बन्द रहेकाे अबैध असुली धन्दा शुरू भएकाे छ ।
ट्राफिक प्रहरीले पर्सा,बारा लगायतकाे राजमार्ग र ग्रामिण क्षेत्रमा रहेकाे पाेष्टहरूबाट पनि असुली गर्नथालेकाे पिडितहरूले गुनासाे गरेका छन ।
ट्राफिक प्रहरिले लाईसेन्स,ब्लुबुक ओभरलाेड चेकजाच गर्ने नाममा बाराकाे मनहर्वामा रहेकाे अस्थायी ट्राफिक पाेष्ट,कलैयामा रहेकाे अस्थायी ट्राफिक पाेष्ट र गण्डक पाेष्टले पनि असुली धन्दालाई निरन्तरता दिएकाे बताईन्छ ।
यता बिरगंजको श्रीसिया स्थित रहेकाे आइसिपि भन्सारबाट छुटेका ओभर लाेड मालवाहक ट्रकहरु बाट अबैध असुलि हुनेगरेको हो ।
ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश पथलैयाका एस पि सन्तोष कुमार भट्टराईले बारा पर्सामा सेटिङ मिलाएर रकम असुली गर्न असइ दिपक बस्नेतलाइ परिचालन गरेका छन ।
बस्नेतले ठुलो उधोगहरु सङ्ग सेटिङ मिलाएर महिनावारि रकम असुल गर्ने गर्दछन ।
बिरगञ्ज पथलैया करिडाेरमा रहेका ठुलो उधोगहरुको लागि आएत हुने कचापद्वार्थ लाेड गरेको ट्रकहरुमा ओभर लाेड गरेको हुन्छ ।
क्षमता भन्दा बढि मालसामान लाेड गरे कातवाहिमा पर्ने हुनाले उधोग सन्चालकहरुले ट्राफिक प्रहरी लाइ महिनावारी रकम बुझाउने गर्दछन र ट्राफिक प्रहरीले पनि रकम बिझेर कारवाहि गर्दैन ।
आइसिपि भन्सार बाट गाडी छुटे पछि बिचौलियाहर सक्रिय हुन्छन । भन्सार देखि बाटोपर्ने ट्राफिक प्रहरी बिट इन्चार्जको इ सेवा मार्फत ओभर लाेड रहेको गाडी नम्बर र रकम पठाइएको हुन्छ । त्यस्ता गाडीहरु ट्राफिक प्रहरीले चेकजाँचनै गर्दैन ।
त्यसै गरि ओभर लाेड मालसामान बोक्ने टिपर टयाकटर हरु बाट पनि रकम असुल गरिन्छ । लगेज बोक्ने रात्री बसहरु बाट पनि रकम असुल गरिन्छ ।
एसपि भट्टराईले रकम असुल गर्न परिचालन गरेको ट्राफिक प्रहरी सहायक निरिक्षक बस्नेत सिपाही हुदा देखि असइ हुदा सम्म पनि पथलैयामा कार्यरत छ्न । सरुवा भएपनि हाकिम मिलाएर फेरि पथलैया आउछन । रकम असुल गर्न सिपालु भएको कारण जोकोही ट्राफिक प्रहरी प्रमुख भएर पथलैया आएपनि रकम उठाउन बस्नेतलाइ परिचालन गरेकाे बताईन्छ ।
प्रतिक्रिया दिनुहोस् !