२९ बैसाख,बारा । बिरगंज पथलैया करिडाेर सडक खण्डमा कबाडी करको नाममा भारतीय ट्रकहरु बाट रङ्गदारी कर असुली हुने गरेको छ । रङ्गदारि उठाउन ट्राफिक प्रहरी र राजमार्ग छेत्रका नेपाल प्रहरीको समेत मिलोमतो रहने गरेको छ ।
सङ्घिय सरकारले निर्माण गरेको राजमार्गमा स्थानीय स्तरबाट कुनैपनि किसिमको कर उठाउन पाइदैन । कर उठाउने माथी करवाहि हुन्छ तर बिरगंज पथलैया राजमार्ग खण्डमा भारतिय गाडीहरुबाट अबैधरुपमा कबाडी कर ठेक्दारले असुली गरिहेको छ ।
आइसिपि बाट छुटेका भरतिय ट्रकहरु बाट परवानिपुर गाउँ पालिका र जितपुर सिमरा उप महानगर पालिकाबाट कवाडी कर उठाउने ठेक्का लिएका एच एन्ड जे ट्रेडर्सका प्रोपोराइटर परवानिपुरका एजाजुल मियाले राजमार्ग क्षेत्रमा आफ्नो बाउन्सर परिचालन गरेर जवरजस्ति कबाडी कर असुल गर्न लगाएका छन । आइसिपि बाट दैनिक एक हजार देखि १२ सय भारतिय गाडी छुटने गरेको छ ।
प्रत्येक गाडीहरू बाट परवानीपुर गाउपालिकाले प्रत्येक मालबाहक भारतिय गाडीबाट धमकाउदै २ सय तीस र जितपुर सिमरा उपमहानगरपालिकाले ३ सय २० उठाउने गरेको छ । दैनिक ५/६ लाख अबैध रकम कबाडी करको नाममा असुली हुने गरेको छ ।
त्यसरि अबैधरुपमा असुल गरिएको रकमबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्वस्थापन कार्यालय पथलैया, इप्रका सिमरा , इप्रका जितपुर र परवानिपुर प्रहरी चौकी लगाएतले भागबन्डा पाउने गरेका छन त्यसकारण ठेक्दार माथी करवाहि गरिदैन । यस तर्फ समबन्धित निकाएकाे ध्यान जान जरूरी छ ।
प्रतिक्रिया दिनुहोस् !