१९ बैसाख,काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ।
मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक परिदृश्यका बारेमा कुराकानी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
केही गरौं भन्ने भावनाले आएका राजनीतिक शक्तिबीच छलफल गरौं भनेर तय गरिएको हो। नयाँ शक्तिहरूबीच प्रतिस्पर्धा पनि हुन्छ, हार्दिकता कायम राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। उहाँहरूबीच यसअघि नै छलफल गर्ने कुराकानी चलेको थियो,’ ती केन्द्रीय सदस्यले सेतोपाटीसँग भने,‘आज त्यस्तो कार्यसूचीमै आधारित भएर कुराकानी भएन।’
सरकारमा जाने कि नजाने भन्नेबारे रास्वपा छलफलमा छ। उसले हिजो केन्द्रीय कमिटी र संसदीय दलको बैठक राखेर सदस्यहरूबाट धारणा लिएको थियो।
शुक्रबार बस्ने संयुक्त बैठकले सरकारमा जाने, नजाने निर्णय गर्ने बताइएको छ। त्यही सन्दर्भमा अरू राजनीतिक पार्टीसँग पनि राय, सुझाव लिइएको केन्द्रीय सदस्य बताउँछन्।
प्रतिक्रिया दिनुहोस् !