७ बैसाख,पर्सा । बिरगंज महानगरपालिकामा सन्चालनमा रहेका तारे होटेल हरुमा खेलाइने क्यासिनोमा नेपालिहरुले सहज प्रबेश पाउने गरेका छन । कयौ नेपाली युबाहरु क्यासिनोमा जुवा खेलेर ब्रबाद समेत भएका छन ।
होटेलहरुमा सन्चालित क्यसिनोमा नेपालीहरुलाइ प्रबेश गरि जुवा खेल्न प्रतिबन्ध छ । बिदेशिले मात्र क्यादिनोमा गएर खेल्न पाउछन । नेपाली नागरिक क्यासिनोमा गएर जुवा खेलेर ब्रबाद नहुन भन्ने उदेश्यले नेपालिहरुको लागि सरकारले प्रबेश निषेध गरेको हो ।
नेपालीहरुलाइ कसिनोमा प्रवेश गराएर जुवा खेलाए क्यासिनो सन्चालक माथि कडा कारवाहि हुने कानुनी ब्यबस्था छ । तर बिरगंजमा भने प्रहरी प्रशासनको मिलोमतोमा नेलालीहरुले क्यासिनो गएर जुवा खेल्ने गरेका छन ।
बिरगंज को आदर्शनगर स्थित होटेल लर्डस दियालो होटेल मा नेपालिहरुले निर्वादरुपले प्रबेश गरेर क्यासिनोमा जुवा खेल्न पाइरहेका छन र दैनिक लाखाैकाे हारजित हुने गरेकाे छ । बिरगंजमा भारतिय नागरिखरुलाइ लछित गरेर क्यासिनो सन्चालनमा आएको थियो ।
भारतको बिहार राज्यमा मदिरा निशेध भएको कारण भारतियहरु बिरगंजमा जुवा खेल्न आउनु भन्दा पनि क्वाईन भजाएर क्यासिनोमा मदिरा सेवन गर्नी र सामान्य हारजित गरेर फर्किने गरेकाे स्वयम् जुवाडेहरू बताउछन । श्राेतका अनुसार क्यासिनाेमा भारतबाट आउने जुवाडेहरू अपराधी प्रकृतीका हुनेगरेकाे बताईन्छ ।
क्यासिनो मा बिदेशीहरुले मात्र जुवा खेल्न पाउनेमा क्यासिनो सन्चालखरुले नेपालि युवाहरुलाइ पनि प्रबेश गराएर जुवा खेलाउने गरेको उदाहरणहरु प्रसस्त फेला परेका छन । क्यासिनो सन्चालकहरु सङ्ग महिनावारि असुल गरेर प्रहरी प्रशासनले नेपालीलाइ क्यासिनोमा जुवा खेल्न छुट दिदै आएको पनि बेला बखत खुलासा हुने गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख जिल्ला प्रहरीको क्राइम ब्रान्च घुमुवा प्रहरीले महिनावारि रकम क्यासिनो सन्चालकहरु सङ्ग असुल गर्ने गरेको पनि समाचार स्रोतले बताएको छ ।
गत शुक्रबार आदर्शनगर स्थित होटेल लर्डस दियालोमा सन्चालित क्यासिनोमा एउटा घटना घाटयो । बिरगंज का होटेल ब्याबसायि मणिलाल हाेटेल दियालोमा गए उनले क्यासिनोमा सहज प्रबेश पाएर जुवा खेले उनले खेल्दा खेल्दै आधा रात भयो र उनले करिब दुई लाख रकम पनि जितेका थिए ।
जितेको रकम मध्य पचास हजार जति टिप्स बाडेर बाहिर निस्किएर मोटरसाइकल चाडन लाग्दा उनलाई कसैले पछाडी बाट फलामको रेडले टाउकोमा हिर्काएर साथमा रहेको रकम लुटियाे । घाइते मणिलाललाइ प्रहरिले उद्वार गरेर नारायणी अस्पतालमा लगेर भर्ना गरिदिए ।
सो घटनाको प्रहरीले नाेटिस गरे पनि घटनामा सङ्लगन हरु पक्राउ परेको छैन । घटना सुनुयोजित थियो । बिरगंजको आदर्शनगर जस्तो आर्थिक कारोबार हुने स्थानमा अपराधिक घटना घटयो तर अपराधी पक्राउ परेन ।
यो त एउटा् प्रतिनिधि घटना मात्र हो ।यस्तो घटना धेरै घटेको छ तर लुकाइएको छ । होटेल लर्डसमा दैनिक जसाे ५ सय देखि १ हजार नेपाली युवाहरू जुवा खेल्न जाने गरेकाे बताईन्छ । लर्डस दियालाेमा रहेकाे क्यासिनाेलाई बीरगञ्ज महानगरपालिकाकाे एक वडा अध्यक्षले ब्यवस्थापनकाे जिम्मा लिएकाे बताईन्छ ।
त्यसैगरी बीरगञ्जकाे होटेल सुरज , होटेल भिस्वा रहेकाे क्यासिनोमा नेपालीलाइ जुवा खेल्न प्रवेश गर्न दिने गरेको छ । प्रहरी प्रशासनले कडाइ गर्ने हो भने एक जनाले पनि क्यासिनोमा प्रवेश गर्न पाउने थिएनन । प्रहरी प्रशासनको मिलोमतो को कारण नेपालीहरु क्यासिनोमा जुवा खेलेर ब्रबाद भैरहेका छन । यसतर्फ माथिलाे निकाएकाे ध्यानजान जरूरी छ ।
प्रतिक्रिया दिनुहोस् !