७ बैसाख,पर्सा । नारायणी अस्पतालको फार्मेसिमा भएकाे ओषधी खरिदमा भएको भ्रस्टाचार सम्बन्धिको फायल अख्तियारले लिएर गएको लामो समय बितिसक्दापनि छानबिन प्रतिवेदन हाल स्स्म्म सर्वजनिक भएको छैन ।
अस्पताल द्वारा सन्चालित फार्मेसिमा ओषधि खरिद बिक्रीमा ब्यापक भ्रस्टाचार भएको समाचार प्रकाशमा आएपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाले २०७८ साउन ३२ गते फार्मेसिमा छापा मारि ओषधि खरिद बिक्री सम्बन्धिको सम्पुर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
तत्कालिन फार्मेसी प्रमुख हरेन्द्र याफव माथि पनि छानबिन भएको थियो ।अख्तियारका टोलिका प्रमुख सह सचिब बिष्णु प्रसाद सापकोटाले ओषधि खरिद र बितरणमा कैफियत देखिएको बताएका पनि थिए ।फार्मेसिमा १ करोड २१ लाख हिनामिना भएको पनि उनले स्विकार गरेका थिय ।
उनले कैफियत नै कैफियत देखिएकोले थप अनुशन्धान गर्नु पर्ने बताएका पनि थिय ।
तर पछि नारायणी अस्पतालमा सन्चालित फार्मेसीको सम्पुर्ण फायल थप अनुशन्धान गर्न भन्दै २०७८ भदौ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग को प्रधान कार्यालय काठमाडौ पठाइएकाे थियो ।
तर अख्तियारको छनबिन प्रक्रिया काहा पुग्यो भनि अख्तियारले बोलेको छैन । फर्मेसी प्रमुख हरेन्द्र यादब हटाइएको भएपनि नारायणीको फर्मेसिमा अनियमित कार्य रोकिएको छैन अहिले पनि फर्मेसिका कर्मचारीहरुले अनियमित कार्य गरिनै रहेका छन ।
अख्तियारले छपा मारेको २० महिना बितिसक्दा पनि भ्रस्टाचार गर्ने माथि कारवाहि नभएको कारण भ्रष्ट कर्मचारीहरुको मनोबल बडेको छ ।अख्तियारले छनबिन प्रतिबेदन सर्वजनिक नगर्नुलाइ पनि अर्थपूर्ण रुपमा हेरिदै छ
प्रतिक्रिया दिनुहोस् !