Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भ्रष्टाचार र बेथितिले बदनाम बन्दै मधेस सरकार

महालेखाले औंल्यायो यी कमजोरी

admin
admin
April 19, 2023
भ्रष्टाचार र बेथितिले बदनाम बन्दै मधेस सरकार
350
SHARES
ShareTweetSubscribe

६ बैसाख,जनकपुरधाम । महत्वकांक्षी र ठूला योजनाहरूमा एकपछि अर्को भ्रष्टाचार र अनियमिताताले मधेस प्रदेश सरकार बदनाम बनेको छ । नीति निर्माण र जनताका समस्यामा ध्यान नदिएको तर, खाली कमिसन र कार्यकर्ता पोस्ने चक्करमा नेता तथा मन्त्री लागेको भन्दै आलोचनासमेत बढिरहेको छ ।
<span;>गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनपछि यस प्रदेशका सांसदहरूले पुस १५ मा शपथग्रहण गरे । यो प्रदेशमा दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएको साढे तीन महिना वितिसक्यो । तर, प्रदेशसभाको १०० दिन नाघिसक्दा ९ पटकमात्र सदन बसेको छ ।

मधेसको पहिलो ५ वर्षे कार्यकाल जसपाले नेतृत्व गर्‍यो । दोस्रो कार्यकालको सुरूवातमा पनि जसपाले नै मौका पाएको छ । पहिलो ५ वर्ष मुख्यमन्त्री रहेका लालबाबु राउतले मुख्यमन्त्री ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान चलाएपछि सुरूवातमा प्रशंसा पाएपनि यसमा लाखौं भ्रष्टाचार भएको खुल्यो ।

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्राहरूलाई वितरण गर्न गरिएको साइकल खरिदमा करोडौं भ्रष्टाचार भएको ठहरसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

जसपाबाट नयाँ मुख्यमन्त्री बनेका सरोज यादवले पनि जिम्मेवारी सम्हाल्दै गर्दा भ्रष्टाचार हुन नदिने संकल्प गरेका थिए । तर, अहिलेसम्म केही काम गर्न नसकेको र अनियमितता बढेको भन्दै सांसदहरूले आवाज उठाइरहेका छन् ।

बारा २ को उपचुनावमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन यति कमाण्डरको भूमिकामा छन् मुख्यमन्त्री यादव । उनले प्रदेश सरकारको सारा शक्ति निर्वाचनमै केन्द्रित गरेका छन् । अहिले सामाजिक सञ्जालमा त ‘मुख्यमन्त्री यादव नै हराएको’ भनेर टिप्पणी भइरहेको छ ।

मधेसमा विकास बजेट खर्च नभइरहेको र भएको बजेटमा पनि अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार सबभन्दा कम बजेट खर्च गर्ने सूचीमा मधेस प्रदेश परेको छ । मधेश प्रदेशले आर्थिक वर्ष २०७८/०७९ मा सबभन्दा कम ६३ प्रतिशत खर्च गरेको हो । कोशी प्रदेश सो आर्थिक वर्षमा ८६.२१ प्रतिशत खर्च गरेको तथ्यांक छ ।

३१ करोड अनुदानको दुरुपयोग

मधेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले कृषि विश्वविद्यालयलाई उपलब्ध गराएको ३१ करोड ७५ लाख ९७ हजारको दुरुपयोग भएको छ ।

अनुदान रकमबाट विश्वविद्यालयले गरेको कार्य, खर्च एवं प्रगतिको तथ्यांक समेत मन्त्रालयसँग छैन । महालेखा परीक्षकको कार्यालयले अनुदानको उपयोग सम्बन्धमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न सुझाएको छ ।

०७८ मंसिर २७ मा तामझामका साथ सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना गरेको थियो ।

कमिशनका लागि सोझै सामान खरिद

मधेश सरकारले सार्वजनिक खरिद ऐन तथा नियमको समेत धज्जी उडाएको छ । यो वर्षमा मात्रै प्रदेशका मन्त्रालयहरूले ७ करोडभन्दा बढीको फर्निचर, ल्यापटप, प्रिन्टर, औषधी र अन्य मालसमान सोझै गरिद गरेको छ । कमिशन पाउनकै लागि मन्त्रीहरुले सीधा समान खरिद गर्ने गरेको स्रोतको दाबी छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मधेस, कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशले २९ करोड ६९ लाखको मालसमान सोझै खरिद गरेका छन् । यसरी सोझै खरिद गरेको मालसमान गुणस्तरहीन त हुन्छ नै, खरिद कर्ताले ४० प्रतिशतसम्म कमिशन पाउँछन् ।

यस्तै मधेश प्रदेशमा सडक र अन्य निर्माण कार्य पनि प्रतिस्पर्धात्मक विधि र प्रक्रिया अवलम्बन नगरी ५ करोडभन्दा बढी खर्च गरेको छ । कमिशनसँगै कार्यकर्ता पाल्नका लागि सार्वजनिक खरिद ऐन तथा नियमको उल्लंघन गरी सडक र अन्य निर्माण कार्य गरी बजेट दुरुपयोग गरेको पाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले आवश्यकताविनै ल्याब सामग्री पनि खरिद गरेको खुलेको छ ।

आर्थिक वर्षको अन्त्यमा ६४ स्थानीय तहका लागि २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गर्‍यो । ल्याबका ती सामग्री जिल्ला सदरमुकाममै थन्केको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ मा विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था भएपनि लामो समयसम्म सदरमुकाममै थन्काएर राखेपछि आवश्यकता विनै खरिद गरेको भनेर विरोध भइरहेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा खरिद गरिएको समान प्रयोगमा ल्याएको प्रमाण पेश गर्न भनिएको छ ।

मन्त्रीका स्वकीय सचिवहरू ल्यापटप लिएर टाप

मुख्यमन्त्री र मन्त्रीको निजी सचिवालयको लागि खरिद भएको कार्यालय समान कार्यकाल समाप्त भएको ७ दिनभित्र बुझाउनुपनुपर्छ । यो व्यवस्था मधेश प्रदेशबाट स्वीकृत मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को दफा ११ मा व्यवस्था छ ।

तर, मधेश प्रदेशका चार मन्त्रीको स्वकीय सचिव तथा कर्मचारीहरुले कार्यकाल सकेपछि ल्याप्टप, प्रिन्टर, क्यामेरा लगायतका समानहरु लिएर टाप कसेका छन् । मन्त्रीको स्वकीय सचिव तथा कर्मचारीहरुले १४ लाख २६ हजारको सामग्री कार्यकाल समाप्त भए पनि फिर्ता नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा उक्त सामग्री फिर्ता हुनुपर्ने र फिर्ता नगरे सो बराबरको रकम असुल गर्न सुझाएको छ ।

रकमान्तर रोग

प्रदेश सरकारहरुले वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने प्रवृत्ति बढेको छ । विशेषगरी अन्तिम समयमा प्रदेशका मन्त्रीहरुले आफ्ना क्षेत्रमा रकमान्तर गरी योजना लग्ने गरेको देखिएको छ, जुन बजेटमा सबभन्दा बढी भ्रष्टाचार हुने गर्छ ।

रकमान्तार गरी मन्त्रीहरुले योजना आफ्नो क्षेत्रमा लग्ने र उपभोक्ता मार्फत हतार हतार गुणस्तरहीन काम गरी बजेट दुरुपयोग गर्ने प्रवृत्ति पनि बढेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७ प्रदेशको शुरु बजेट विनियोजना २ खर्ब ६२ अर्ब ३७ करोड ४५ लाख रकेकोमा ७१ ऋर्ब ७३ करोड ६४ लाख रकमान्तर गरेको पाइएको छ ।

कुन प्रदेशमा कति रकमान्तर ?

• मधेस- ५ अर्ब ६ करोड ९० लाख

• गण्डकी- २ अर्ब ३१ करोड ५४ लाख

• लुम्बिनी- १ अर्ब ७५ करोड २८ लाख

• कर्णाली- १ अर्ब ८१ करोड

• कोशी- ८६ करोड ९९ लाख

साभार- नेपाल प्रेस

Previous Post

बस र मोटरसाइकल जुध्दा एकै परिवारका तीन जनाको निधन

Next Post

रूपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा युवक घाइते

admin

admin

Next Post
रूपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा युवक घाइते

रूपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा युवक घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.