६ बैसाख,जनकपुर । महोत्तरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
यात्रुबाहक बस र मोटरसाइकल आज एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको ज्यान गएको हो ।
बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशाला नगरपालिका-२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी अमितकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।
अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !