१९ चैत,काठमाण्डाै । तनहुँ–१ र चितवन–२ मा सत्ता गठबन्धनका पार्टीहरुको साथ पाएको नेपाली काँग्रेसले बारा–२ जनता समाजवादी पार्टी (जसपा) लाई छाड्ने भएको छ । आज बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जसपालाई सघाउने औपचारिक निर्णय गरेको बताइएको छ ।
आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा उठाउँदै छ । गत मंसिरको चुनावमा सप्तरी–२ बाट पराजित उनलाई काँग्रेससहित सत्ता गठबन्धनका दुई प्रमुख दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्दैछन् ।
उपेन्द्रलाई सांसद बनाउनैका लागि बारा–२ का सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा निर्वाचित गराएर सो क्षेत्र खाली गराइएको हो ।
प्रतिक्रिया दिनुहोस् !