Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

स्वर्गवासीलाई लाइसेन्स दिने, अख्तियारले चोख्याउने

admin
admin
March 31, 2023
स्वर्गवासीलाई लाइसेन्स दिने, अख्तियारले चोख्याउने
200
SHARES
ShareTweetSubscribe

१७ चैत,काठमाण्डाै । यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्र शाखा,ठूलो भर्याङका एक कम्प्युटर अधिकृतले आफ्नो गल्ती ढाकछोप गर्न विवरण नै उडाएको पाइएको छ । अधिकृत वासुदेव रेग्मीले केही वर्षअघि  मरिसकेका व्यक्तिहरुको नाममा पहिले जारी भएको लाइसेन्स दुरुपयोग गरेर सोही नम्बरमा नयाँ लाइसेन्स बनाएका थिए । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको पुराना ढड्डा पल्टाएर उनले वर्षौंसम्म नवीकरण नभएका र मृत्यु भएका लाइसेन्सधनीहरु पत्ता लगाएका हुन् ।

पुरानै लाइसेन्स नम्बरमा नयाँ नाम राखेर उनले फर्जी लाइसेन्स बाँडेका थिए । त्यतिबेला वासुदेवले ००६–७१४२७२ नम्बरको भुवनमान मंग्राती, ००६–७१२५३० नम्बरको राजेन्द्रकुमार थारु, ००६–७१०७५० नम्बरको गुण्डाबहादुर कुमारलाई लाइसेन्स दिएका थिए ।

उनलाई आर्थिक प्रलोभनमा पारेर एक हातले दिने र अर्को हातले लाइसेन्स लिनेहरु अरु पनि छन् । विनोद भैलेले ००६–७११७१५, खिमदोर्जे लामाले ००६–७११७५४, सुशीलदेव शाहीले ००६–७११३०७ र राजकुमार मोक्तानले ००६–७११३१० नम्बरको लाइसेन्स पाएका थिए । कार्यालयका एक कर्मचारीकाअनुसार यस कार्यमा वासुदेवले प्रतिव्यक्ति डेढ लाख रुपैयाँसम्म घुस बुझेका थिए ।

लिखित र प्रयोगात्मक परीक्षाबिना अर्काको नाममा जारी भएको लाइसेन्स दुरुपयोग गरेका वासुदेवले तीन जनाको नाम कम्प्युटरबाट मेटाइसकेको पाइएको छ । सरकारी तथ्याङ्कलाई सहजै फेरबदल गर्ने पदमा भएको फाइदा उनले उठाएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

उनले पहुँचको दुरुपयोग गरेर थप व्यक्तिलाई त्यसरी नै लाइसेन्स वितरण गरेको आशंका छ । अहिले ती लाइसेन्सका कुनै पनि विवरण भेटिँदैनन् । घुस खुवाएर लाइसेन्स लगेकाहरुको नवीकरण कहिल्यै हुँदैन । त्यसैले ती लाइसेन्सहरु अवैध भइसकेका छन् ।

उनले विनोद,राजेन्द्र र भुवनमानको विवरण हटाएको स्रोतले बतायो । त्यसैगरी राजकुमार,सुशील, खिम र गुण्डाबहादुरको नाम पनि सरकारी रेकर्डबाट मेटाइसकेको स्रोतको दाबी छ ।

उनलाई यस कार्यमा कार्यालय प्रमुख सञ्जय थापाले सहयोग गरेको बताइन्छ । उनीहरुको नाम मेटाउन सञ्जयको आईडी (पासवर्ड) प्रयोग भएको पाइएको छ । अति गोप्य र संवेदनशील हुने भएकाले पासवर्ड त्यहाँको सम्बन्धित व्यक्तिबाहेक अरु कसैलाई थाहा हुँदैन । अनेक काण्डमा मुछिएका उनले कार्यालय प्रमुखको सहयोग लिएका थिए ।

वासुदेवको गैरकानुनी धन्दाको कुनै सीमा नभएको बताउनेहरु पनि थुप्रै छन् । उनले राजकुमार, सुशील, खिम र गुण्डाबहादुरलाई फर्जी लाइसेन्स दिएको दुई वर्ष नपुग्दै त्यही नम्बरमा नयाँ लाइसेन्स जारी गरेका थिए । ००६–७११३१० नम्बरको लाइसेन्स रुद्रबहादुर गिरीको हातमा परेको छ । ००६–७११३०७ नम्बरको नवराज राई, ००६–७११७५४ नम्बरको शिवकुमार साह, ००६–७१०७५० नम्बरको पल्लभ डंगोललाई सवारी लाइसेन्स दिइएको छ ।

यातायात कार्यालय एकान्तकुनामा दैनिक दुई दर्जन फर्जी लाइसेन्सधारीहरु आउने गरेको बताइन्छ । अख्तियारमा अनेकौं मुद्दा खेपिरहेका वासुदेवले पुराना लाइसेन्सलाई नयाँ बनाएर आफ्नो अवैध धन्दा लुकाउन अनेका चलखेल गरेका हुन् । पुराना रद्द गराउने र नयाँ वितरण गर्ने काममा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाका केही कर्मचारीले पनि उत्तिकै सहयोग पुर्याइरहेको सहजै अनुमान गर्न सकिन्छ ।
यसअघि  समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । वासुदेवले गरेको गलत काम प्रमाणित भइसक्दा समेत आयोगले उनलाई उन्मुक्ति दिएको यातायात कार्यालयका कर्मचारीहरुको आरोप छ ।

Post Views: 111
Previous Post

आज मन्त्रीपरिषद बिस्तारकाे तैयारी, प्रधानमन्त्रीले मागे एक बजेभित्रै नामावली

Next Post

अदालतमा आत्मसमर्पण गर्ने डोनाल्ड ट्रम्पको तयारी

admin

admin

Next Post
अदालतमा आत्मसमर्पण गर्ने डोनाल्ड ट्रम्पको तयारी

अदालतमा आत्मसमर्पण गर्ने डोनाल्ड ट्रम्पको तयारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.