९ चैत, काठमाडौं । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।
गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।
लगत्तै उनलाई अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि जारी गरेको छ । र अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।<span;>उनले त्यतिबेला भनेका थिए ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’
सुरतको अदालतमा सुनुवाईका बेलामा गान्धी पनि उपस्थित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राहुल गान्धीका वकिलले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उनले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्याउन नचाहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस् !