२ चैत,काठमाडौँ ।<span;> उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक स्ने भएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्न लागेको हो ।
गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा अघि सारेको छ।
प्रतिक्रिया दिनुहोस् !