चैत, काठमाडौं । रासायनिक मलमा दिँइदै आएको अनुदान कटौतीविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासम्वद्ध किसान संगठन एकठाउँमा उभिएका छन् ।
कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
तीन संगठनले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभर संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना–जुलुस गर्ने लगायतका दबावमुलक आन्दोलनको कार्यक्रम पनि घोषणा गरेका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल भन्छन्, ‘सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय पुनर्विचार गरियोस् । हामी आन्दोलनमा ओर्लिसकेका छौं ।’
कृषि तथा पशुपन्छी मन्त्रालयले २६ फागुनमा रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् !