Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन

admin
admin
March 10, 2023
सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन
450
SHARES
ShareTweetSubscribe

२६ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ ।

इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा भएको हिंसाका घटनामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी आफूले लिने सार्वजनिकरुपमा नै बताएकाले उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको थियो ।

Previous Post

वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी, ३ जना विद्यार्थी नेता प्रहरी नियणन्त्रणमा

Next Post

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

admin

admin

Next Post
ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.