<span;>१८ फागुन,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।
<span;>पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए ।
पूर्वराजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरु हुनसक्ने बुझिएको छ ।
लामो समयदेखि झापामा बसिरहेका पूर्वराजदम्पत्ती काठमाडौं नआई त्यतैबाट भारत गएका हुन् ।
केही दिनअघि पूर्वराजाले दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए ।
उनले झापामा नै बाक्लो राजनीतिक भेटवार्ताहरू गरिरहेका थिए । उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस् !