नेपालमा सम्पुर्ण मल अर्थात् NPK अर्थात नाईट्राेजन,फस्फाेरस र केलियम अर्थात पाेटासयुक्त मलउत्पादन गर्न अनुसन्धान अगाडि बढाई रहन भएका हाल हेटाै्ंडा बसाेबास गर्दै आउनु भएका ब्यवसायि हृदय राज गाैतमसँग,मिसन नेपाली फर्टिलाईजर बारे गरिएकाे कुराकानि;-
१ तपाईकाे “मिसन नेपाली फर्टिलाईजर “कहाँ पुग्याे ?
– म आफ्नाे मिसनमा द्रुत गतिले अगाडि बढदै छु, आफ्नो अध्ययन र अनुसन्धान बाट हौसियेको छु र अहिले मेरो मिसन बिसतारित भएको छ । यसमा बिउ बिजन उत्पादन गर्ने साथिहरु पनि जोडीन आइ पुग्नु भएको छ।र हाम्रो मिसनको नाम “इन्डिपेन्डेन्ट नेपाली एग्रीकल्चर” भएकाेछ।
२ ठ्याक्कै भन्नुस न मल कहिले देखि आउँछ बजारमा ?
– मेराे आफ्नाे तयारि लगभग पूरा भैसकेकाेछ,यदि कुनै प्रशासनिक झन्झट नआईलागेमा जेठ१५ देखि परिक्षण उत्पादन र आषाढ १५ देखि ब्यावसायिक उत्पादन गर्ने लक्ष लिएकाछाैं।
३ कच्चा पदार्थ र मेसिन आयात गरिसक्नुभाे ?हाेईन हाम्राे अभियानकाे नाम ईन्डिपेन्डेन्ट नेपाली एग्रिकल्चर ले नै बुझ्नु भएन र?मेराे उध्याेगमा प्रयाेग गरिने हरेक चिज स्वदेशमै छन,हुनसक्ला हाम्राे टिमले बनाएकाे मेसिनकाे प्रारम्भिक उत्पादन क्षमता कम हाेला, सिक्दै लड्दैपड्दै अगाडि बढने हाे,सबै र सम्पुर्ण रुपमा स्वदेशि उत्पादन हुनेछ।
४ यसमा कतैबाट केही सहयाेग,अनुदान?
रमेशजि,नेताजिहरु देश बनाउनमा ब्यस्त हुनुहुन्छ,उहाँहरुलाई फाेन रिसिभ गर्ने गराउने सम्मकाे फुर्सद छैन।वहाँ हरुले हामी जस्ता नया नया खाेज गर्नेलाई केही नगरिदिनुहाेस तर प्रशासनिक झन्झटबाट मात्रै मुक्त गरिदिनुभाे भने धेरै हुनेछ।
५ कसरी बढाउदै हुनुहुन्छ परियाेजना?
अहिलेसम्म आफ्नै बुतामा बढिरहेकाेछु,कृषि बिकास बैंक र मधेश प्रदेशका मुख्यमन्त्री सराेजजिसँगठुलाे अपेक्षा छ,कारण के भने सराेजजि र म साथि हाैं,वहालाई अप्ठ्याराे नपर्ने गरि सशर्त अनुदान याने कि मलकाे आधिमाेल वहाले तिरिदिनुहाेस मधेश प्रदेशका किसानका लागि। कृबिबै सकारात्मक पनि छ तर हेराैं,के हुन्छ। तर यसाे भनिरहँदा किसान दाजुभाई दिदिबहिनि निरास हुनुपर्दैन,बैंकले यदि लगानि गरिदिएन भने पनि उत्पादन बजारमा आउँछ नै सानै स्केलमा भए पनि।
६ अहिले के के उत्पादन ल्याउने तयारि गर्दैहुनुहुन्छ?
अहिले सम्पुर्ण प्राँगारिक (NPK)मल,ढुसि प्रतिराेधि,पेष्टिसाईड्स,पाेटास पनि उत्पादित गरिनेछ जुन सतप्रतिशत प्राँगारिक हुनेछ।
७ अन्त्यमा केही भन्नू छ?
म याे बिचमा अध्ययनमा ब्यस्त भएर केही ईरिटेटेड जस्ताे लागेकाे हुनसक्छु,यस्ताे अवस्थामा पनि मलाई बुझिदिने सहिदिने मेरि अर्धाङ्गिनि काजल, साथिभाईहरु, ईष्टमित्र र विशेष मेरा मित्र प्रकाश सिँह जाे बेला बेला फाेन गरेर ढाडस दिदै साेध्छन ,काहाे पगलाबाबा ठिक बानु,खाेज जारि बानु?उन्काे यश वाक्पले रियल्लि मुड फ्रेस गरिदिन्छ।
प्रतिक्रिया दिनुहोस् !