२९ माघ काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि वागमती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका स्थानीय तहहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !