Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अन्तत:शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा भयो मिलापत्र

admin
admin
January 31, 2023
अन्तत:शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा भयो मिलापत्र
350
SHARES
ShareTweetSubscribe

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई शिवराज श्रेष्ठले श्रीमती स्वीकार गरेकी छन् । आफूले न्याय पाउनुपर्ने माग राख्दै लामो समय राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत निहारिका र उनका छोरालाई शिवराजले स्वीकार गरेका हुन् । 

शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको छ । धनुषाका क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ घर भएका शिवराजले आफूलाई १७ वर्ष हुँदा नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप लगाउँदै आएकी निहारिकाले अन्ततः प्रेम विवाह भएको स्वीकारेकी छन् ।

<जगतबहादुर श्रेष्ठ र राधाकुमारी श्रेष्ठ आफ्नो सासुससुरा भएको उल्लेख गर्दै उनले शिवराजको झैझगडा गर्ने व्यवहारले आजित भएर छुट्टिएको बताएकी छन् ।

मिलापत्रमा भनिएको छ, ‘जाँडरक्सी सेवन गरी तथानाम गाली गर्दै कुटपिटसमेत गर्न लागेको कारण निजसँग बस्नुभन्दा अंश लिई अलग बस्नु नै श्रेयस्कर सम्झी मूल अंशियार चार जना भएकाले लोग्नेको अंश चार भागको एक भाग हुने भएकाले एक भागलाई तीन भागमा विभक्त गरी परेको अघिल्लो मितिलाई मानी छुट्टिएको मिति कायम गरी अंश दिलाई पाऊँ भनिसमेत गरेको फिरादपत्र ।’

यता, शिवराजले निहारिका र नाबालक छोरालाई इज्जतका साथ खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाई खर्च तथा पिता र पति भएको कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

महोत्तरीकी निहारिका आफूलाई न्याय दिनुपर्ने माग गर्दै गत असारमा आमरण अनशन बसेकी थिइन् ।

२०७६ कात्तिक ६ गते साँझ २२ वर्षीय श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् ।

जाहेरी दर्ता भएको दुई वर्षपछि २०७८ माघ २४ गते जिल्ला अदालतले उनी बलात्कृत नभएको फैसला सुनायो । फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटेका हुन् ।

जिल्ला अदालतले श्रेष्ठको पक्षमा फैसला गरेपछि निहारिका पुनरावेदनका लागि उच्च अदालत जनकपुर गइन् । तर, उच्चले पनि जिल्लाकै फैसला सदर गर्ने षड्यन्त्र रचेको भन्दै उनले बलात्कारीलाई कारबाही र दुई वर्षे छोराको डीएनए परीक्षणको माग राख्दै आन्दोलन गरेकी थिइन् ।

निहारिकाले राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास गरेपछि उक्त घटनाले राष्ट्रिय रुप लियो । उच्च अदालतले डिएनए परीक्षण गर्न आदेश दिएपछि गरिएको परीक्षणमा निहारिकाको छोराको डिएनए शिवराजसँग मिलेको थियो ।

Post Views: 95
Previous Post

कञ्चनपुरमा याैन दुर्ब्यहारमा अनाथालयका प्रमुख पक्राउ

Next Post

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

admin

admin

Next Post
रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.