२२ पुस पर्सा । शसस्त्र प्रहरीले बीरगञ्ज भन्सार नाकाबाट आज बिहान ५ बजे दुई वटा साइकलमा राजश्व छली गरी ल्याउदै गरेको समान सहित दुई जना भरियालाई नियन्त्रण लिएको छ ।
शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिणी बर्दिबासबाट खटिएको टोलीले सो समान बरामद गरेको हो ।
भारतको रक्सौलबाट साइकलमा लोडगरी ल्याउदै गरेको तस्करीको समान शसस्त्र प्रहरीका सुदर्शन बैठाको टोलीले नियन्त्रणमा लिएर शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट ईनर्वा बीरगञ्जलाई बझाएको छ ।
सो समान भारत रक्सौलका कपडा तस्कर अनिलको रहेको बताइन्छ । अनिलसंग सम्पर्क गर्दा उनले शसस्त्र प्रहरीका घुमुवा सुदर्शन बैठकलाई महिनावारी बुझाएर सेटिङमा काम गरेको वताउदै महिना न पग्दै समान समातेको दाबी गरेका छन । मुल भन्सार नाकाबाट अहिले पनि सिमा प्रहरी चौकी ईनर्वाको सेटिङमा भारत रक्सौलका खुर्सेद, छपकैयाका भोला लगायतका दर्जन तस्कर समूहले टेम्पुमा रक्सौलबाट राजश्व छली कपडा,किराना,मोटरपार्टस, कस्मेटिक लगायतका सामान दिनहु मुल भन्सार नाकाबाट भित्र्याई रहेका छन ।
प्रतिक्रिया दिनुहोस् !