Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

माओवादीसँग एकता गर्न प्रभुले खोले पार्टी

admin
admin
December 29, 2022
माओवादीसँग एकता गर्न प्रभुले खोले पार्टी
300
SHARES
ShareTweetSubscribe

१४ पुस, काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेका प्रभु साहले बुधबार आफ्नै अध्यक्षतामा आम जनता पार्टी घोषणा गरे । अनि, अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता टोली पनि बनाएका छन् ।

पार्टी घोषणाकै दिन अरु दलसँग एकताका लागि वार्ता टोली बनाएकाले आम जनता पार्टी कति दिनका लागि हो भन्ने प्रश्न उठेको छ । मधेशको नेता बन्ने महत्वाकांक्षा बोकेका साह नयाँ पार्टी बनाएर माओवादीसँग एकता गर्ने तयारीमा छन् ।

सशस्त्र विद्रोहबाट माओवादी शान्ति प्रक्रियामा आएपछि साह पार्टीमा मधेसको नेतृत्व गर्न चाहन्थे । केन्द्रीय सदस्य हुँदै पोलिट्ब्यूरो सदस्यसम्म भएका उनले प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी पाएनन् । पछिल्लो समय तत्कालीन नेकपाको विभाजनका बेला एमालेतिर लागे । दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले पार्टीमा मधेशको नेतृत्व दाबी गर्दै आएका थिए ।

४ मंसिरको प्रतिनिधिसभा चुनावमा एमालेले रौतहट क्षेत्र नम्बर ३ को टिकट दिएको पनि थियो । तर उनले पार्टीले दिएको टिकट खल्तीमा हालेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे । आफूनिकट नेताहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिन लगाएका उनले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ चलाएका थिए ।<span;>उनीहरुमध्ये साहलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गर्‍यो र उनले चुनाव पनि जिते ।

चुनावलगत्तै पार्टी गठनको तयारीमा जुटेको साह समूहले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ लाई आम जनता पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले अन्तरिम विधान पास गर्नुका साथै साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन गरेको छ ।

अनि पार्टी घोषणा गरेकै दिन अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि भन्दै उपेन्द्र साह, रामप्रित राम र इस्लाम हावारी रहेको तीन सदस्यीय वार्ता समिति पनि बनाएको छ ।

नेताहरुका अनुसार साह माओवादीमा आउन चाहन्छन् । पार्टी प्रवेश गर्दा आफू र आफ्नो समूहका नेताहरुको उचित व्यवस्थापन नहुने देखेपछि उनले पहिले पार्टी खोल्ने र माओवादी केन्द्रसँग एकता गर्ने रणनीति लिएका हुन् । माओवादी केन्द्रका नेताहरुसँग हुने छलफलमा समेत उनले यो लुकाएका छैनन् ।

माओवादीमा असन्तुष्ट भएर पार्टी खोल्ने र एकता गर्दै फर्किने प्रयोग नयाँ भने होइन । मातृका यादव, मणि थापाहरुले यस्तै गरेका थिए । यादवले माओवादी छाडेर नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाएका थिए ।

२०७३ मा एकताबाट माओवादी केन्द्रमा फर्किँदा आफ्नो मात्र होइन, आफ्नो समूहका नेताहरुको पनि व्यवस्थापन गरे । मणि र मातृका दुबै स्थायी कमिटी सदस्य भए भने अरु नेताहरुले पनि पहिलाभन्दा बढी जिम्मेवारी पाए । मणि अहिले एमालेमा छन्, मातृका भने पार्टी उपमहासचिव छन् ।

अहिले प्रभुले पनि त्यही बाटो लिएको देखिन्छ । माओवादीका एक नेता भन्छन्, ‘पार्टी बनाएर आउँदा आफ्नो पदबारे पनि बार्गेनिङ गर्न पाइयो, अरु नेताहरुलाई केन्द्रदेखि जिल्ला कमिटीसम्म व्यवस्थापन गर्न सहज हुने भयो भन्ने लागेको होला ।’

साहले पनि माओवादीसँग एकता हुनसक्ने बताए । अग्रगामी शक्तिहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै साहले अनलाइनखबरसँग भने, ‘माओवादी पनि अग्रगामी शक्ति हो ।’अनलाईन खबर

Post Views: 127
Previous Post

विमलेन्द्र समूहका रामसरोजलाई हराउँदै संस्थापनका कृष्ण नेता निर्वाचित

Next Post

३ पटक बिश्वकप जितेका फुटबलका महान खेलाडी पेलेको निधन

admin

admin

Next Post
३ पटक बिश्वकप जितेका फुटबलका महान खेलाडी पेलेको निधन

३ पटक बिश्वकप जितेका फुटबलका महान खेलाडी पेलेको निधन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.