१३ पुस, काठमाडौं। प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् ।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।<span;>पक्राउ परेका उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत बालाजु, काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस् !