Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कांग्रेसमा नेता बन्न सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?

admin
admin
December 20, 2022
कांग्रेसमा नेता बन्न सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?
450
SHARES
ShareTweetSubscribe

चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने तयारीसँगै नेपाली काँग्रेसभित्रको दुई समूह आमने-सामने हुने भएको छ । दलको नेताका लागि संस्थापनबाट सभापति शेरबहादुर देउवा र इतर गुटबाट महामन्त्री गगन थापाले प्रतिष्पर्धा गर्ने भएका हुन् ।

संस्थापनबाट सभापति देउवा सर्वसम्मत उम्मेदवार भए पनि इतर गुटमा भने दुई जना आकांक्षी थिए । १४ महाधिवेसनमा सभापतिमा हारेका शेखर कोइराला र उनकै प्यानलबाट महामन्त्री जितेका थापा दलको नेतामा दावेदार रहँदा सो समूहलाई साझा उम्मेद्वारी दिन सकस परेको थियो । तर, हिजोदेखि भएका चरण-चरणका छलफलपछि आज महामन्त्री थापाको नाम टुंगो लागेको हो ।

अहिले इतर समूहको बैठक अनामनगरस्थित एक होटलमा चलिरहेको छ । बैठकपछि कोइरालाले थापाको नाम दलको नेताको उम्मेदवारमा प्रस्ताव गर्ने तयारी छ । उनले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

बलियो अवस्थामा रहेका देउवाविरुद्ध भिड्न साझा उम्मेदवार तय गर्नुपर्ने दबाबमा रहेको शेखर-गगन गुट हिजोदेखि आन्तरिक छलफलमा थियो । हिजो दिनभर भएका विभिन्न चरणका छलफलमा सहमति जुट्न नसकेपछि आज बिहानै देखि दुई आकांक्षी कोइराला र थापा संवादमा थिए । बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको दुईवटा बैठकले अन्तत: सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

तर, देउवाविरुद्ध इतर गुट एकजुट हुँदा पनि संसदीय दलमा संस्थापन पक्ष नै हावी देखिन्छ । ८९ जना सांसद रहेको कांग्रेसमा दलको नेता बन्न ४५ मत चाहिन्छ । जसमध्ये ५५ जना सांसद संस्थापन निकट छन् भने इतर खेमामा ३४ जना छन् । तर, आजको भेलामा ३८ जना सांसद सहभागी भएको इतर पक्षको दावी छ । संस्थापनकै युवा सांसदहरुले पनि गगनलाई मत हाल्ने सो पक्षका नेताहरुको विश्वास छ ।

कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था  छ । संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेकाले पनि दलको नेताका लागि चर्को प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसले दलको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।जआ

Previous Post

नयाँ सरकार नआउँदै प्रहरी प्रमुखहरु यताउता

Next Post

नेकपा एसका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

admin

admin

Next Post
नेकपा एसका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा एसका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.