Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नयाँ सरकार नआउँदै प्रहरी प्रमुखहरु यताउता

admin
admin
December 19, 2022
नयाँ सरकार नआउँदै प्रहरी प्रमुखहरु यताउता
250
SHARES
ShareTweetSubscribe

नेपाल प्रहरीले एकैचोटी ठूलो संख्यामा एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज २३ जना एसपीको काज सरुवाको सूचना निकालेको हो ।

जसअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखामा दरबन्दी रहेका एसपी दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । सामाखुशीको पहरा गणमा कार्यरत कोमल शाह जिल्ला प्रहरी कार्यालय,पर्सा खटाइएका छन् ।

त्यस्तै,विभिन्न जिल्लाका इञ्चार्ज पनि फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट विश्वराज खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका नरेशराज सुवेदी सर्लाही सरुवा भएका छन् ।  राजकुमार सिलवालको सिन्धुली सरुवा भएको छ भने सन्तोषसिंह राठोर बाँके पुगेका छन् । सिलवाल यसअघि कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगरमा कार्यरत थिए । बाँके सरुवा भएका राठौरको दरबन्दी केन्द्रीय विशेष कार्यदलमा रहेको थियो ।

त्यसैगरी,एसपी योगेन्द्रसिंह थापा जिल्ला प्रहरी कार्यालय सुर्खेत र देवेन्द्रबहादुर पाल कैलाली सरुवा भएका छन् । थापा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलबाट त्यता तानिएका हुन् । पाल केन्द्रीय कार्यालयअन्तर्गतको शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए।  केन्द्रीय कार्यालयको मानव स्रोत विभागमा कार्यरत सन्तोषकुमार भट्टराई ट्राफिक व्यवस्थापन कार्यालय बारा सरुवा भएका छन् । १८ महिना बाँके बसेका पूर्व गुप्तचर श्यामकृष्ण अधिकारी मागबमोजिम सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल पुगेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरमा काजमा रहेका सुधिरराज शाहीको दरवन्दी केन्द्रीय विशेष कार्यदलमा राखिँदा जिप्रका सिन्धुलीबाट सरुवा भएका विमलराज कँडेल पहरा गण सामाखुशी पुगेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय,मानव स्रोत विभागका नकुल पोखरेलको विशेष सुरक्षा गण तनहुँमा काज सरुवा भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेत तानिएका हिराबहादुर पाण्डे कर्णाली प्रदेश कार्यालयमा कार्यरत थिए । सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । उनी यसअघि जिप्रका कैलालीमा कार्यरत थिए ।

त्यस्तै, पर्साका इञ्चार्ज रमेशकुमार बस्नेत, धनुषाका बसन्त रजौरे, झापाका विश्वमणि पोखरेल र सुर्खेतका पदमबहादुर विष्ट पनि काठमाडौँका विभिन्न युनिटमा सरुवा भएका छन् ।जआ

Previous Post

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

Next Post

कांग्रेसमा नेता बन्न सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?

admin

admin

Next Post
कांग्रेसमा नेता बन्न सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?

कांग्रेसमा नेता बन्न सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.