हुम्लाको नाम्खा गाउँपालिका-५ र ६ स्थित सीमा क्षेत्रका प्रहरी चौकीहरु सदरमुकाम सारिएको छ । अत्याधिक चिसो बढेपछि हिल्सा र लिमीमा रहेका दुई चौकीमा कार्यरत प्रहरीहरू सदरमुकाम झरेका हुन् ।
हिउँदमा चिसो बढ्ने र मानिसको आउजाउसमेत नहुने भएकाले दुवै चौकीमा रहेका प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक मल्लले जानकारी दिए । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मंसिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ ।
प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ । हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत थिए । अघिल्ला वर्ष हिल्सा चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा फिर्ता बोलाएर राख्ने गरिए पनि यस वर्ष जिल्लामा बोलाइएको हो ।
दुबै प्रहरी चौकीका प्रहरी जेठसम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन् । हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बिओपी) भने त्यहिँ छ ।जआ
प्रतिक्रिया दिनुहोस् !