२२ मंसिर पर्सा । वडा प्रहरी कार्यालय बिर्ताले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।
खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट ना. ३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो ।
नमस्ते ट्रान्सपोर्टबाट लोड गरिएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि चेकजाँच गर्दा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरिले नियन्त्रणमा लिएको ट्रक र बरामद सामाग्रीसहित आवश्यक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस् !